४ कार्तिक २०८३, बुधबार

कामना सेवाकोे ७५औं शाखा रौतहटको चन्द्रपुरमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रपुरमा मंगलबार ७५औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं. २ मा यो सँगै ९ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।

व्यापार विस्तारलाई तीब्रता दिने उद्देश्यसहित बैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालनमा ल्याउने तथा देशका विभिन्न ठाँउहरुमा पनि थपशा खाहरु शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको कार्य भइरहेको बताए ।

काठमाडौं–३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा तथा २९ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले अन्तर शाखा कारोबार, इन्टेरनेट बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सि–आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।