
काठमाडौं, १२ चैत । एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा नियुक्त भएको छ ।
बिक्रेतामा नियुक्त भएसँगै बहराइन पेट्रोलियम कम्पनीको यो लुब्रिकेन्ट्सलाई एलआर मोटर्सले नेपालभर बिक्री–वितरण गर्न शुरु गरेको छ । बहराइन सरकारको स्वमित्व रहेको ब्याप्को उच्च गुणस्तरको लुब्रिकेन्ट्सका रुपमा विश्वभर प्रख्यात छ ।
नेपाली बजारमा यसको अटोमोटिभ र इन्डस्ट्रियल गरी दुवै सेग्मेन्टका लुब्रिकेन्ट्स उपलव्ध गराइएको मोटर्सकी प्रवन्ध निर्देशक लक्ष्मी झाले बताइन् । हाल नेपाली बजारमा उपलव्ध अन्य लुब्रिकेन्ट्सका तुलनामा उच्च गुणस्तरिय विशेषताका कारण यो लुब्रिकेन्ट्स छिट्टै लोकप्रिय बन्ने उनको विश्वास छ ।
उनले भनिन्, ‘यसमा भएको विशेष गुणका कारण यो लुब्रिकेन्ट्स प्रयोग भएको सवारीसाधनले राम्रो पर्फमेन्स दिनुको साथै इन्जिनको आयु समेत बढाउँछ ।’
नेपाली बजारमा यसको पूर्ण सिन्थेटिक, सेमी सिन्थेटिक र मिनरल वेशका लुब्रिकेन्ट्स उपलव्ध गराइएको छ । ब्याप्कोलाई विश्व प्रख्यात अटोमोबाइल ब्राण्ड मर्सिडिज, पोर्से, भल्भो र क्युमिन्स लगायत ब्रान्डले समेत ओईएममा प्रयोग गर्न सिफारिस गरेको छ ।
ब्याप्को लुब्रिकेन्ट्स नै किन ?
–यो भर्जिन बेस आयलबाट बनेको छ
–यसमा सर्बोत्कृष्ट एडिटिभ्स समिश्रण गरिएको छ
–यसको प्रयोगले इन्डस्ट्रिको स्पेसिफिकेसन बढाउँछ
–यसको डिजेल र ग्यासोलिन इन्जिन आयलले एपिआई लाइसेन्स प्राप्त गरेको छ
–यो ओईएम सप्लाइमा अग्रणी छ
–सन् १९३२ सालमा स्थापना भएको यो कम्पनीले सन् १९३६ देखि लुब्रिकेन्ट्स निर्यात थालेको हो















प्रतिक्रिया