४ कार्तिक २०८३, बुधबार

कवेतसँगको मैत्रीपूर्ण खेलामा नेपाल पराजित

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दुई खेल खेल्न कुवेत गएको नेपालले पहिलो खेल गोलरहित बराबरीमा सकाएको थियो । दोस्रो खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भयो ।

कुवेतलाई जित दिलाउनका लागि युसुफ नासरको एकमात्र गोल निर्णायक बनेको थियो । खेलको २९औं मिनेटमा रञ्जित धिमालले डिबक्सभित्र विपक्षी खेलाडीलाई फल गरेपछि कुवेतले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई नासरले गोलमा परिणत गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

बाँकी समयमा गोल हुन नसक्दा नेपाल पराजित भयो । खेलमा नेपाल कुवेतसँग दबाबमा देखिएको थियो । नेपाली टिमको सेटअपदेखि फिटनेससम्म कमजोर थियो ।