२ कार्तिक २०८३, सोमबार

ठूला नेताहरूलाई सरकारी खर्चमा उपचार, गरिबलाई मसान घाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-KP-oliकाठमाडौं, २८ माघ । तत्कालीन लाठसाव मोहन शमशेरका ढोके बुबालाई कुष्ठरोग लाग्दा भारतमा उपचार गर्न १९९६ सालमा ५ हजार रुपियाँ खर्च पाएको उल्लेख गरेका छन् , दमनराज तुलाधरले आफ्नो आत्मकथा पुस्तकमा ।

राणापछि बहुदल, पंचायत, राजाको शासन र लोकतन्त्रमा पात्र मात्र परिवर्तन भए पनि प्रबृत्ति उही छ ।

पहुँच हुनेले राज्यकोषबाट उपचार खर्च पाइरहेको छन् । पहुँच नहुने झाडापखालाबाट मर्नुपर्ने अवस्था छँदै छ ।

प्रधानमन्त्री सुशील कोइरालाले १ करोड ४३ लाख, केपी ओलीले १ करोड २६ लाख ३५ हजार, झलनाथ खनालले ७७ लाख, चक्र बास्तोलाले ५० लाख, नारायणकाजी श्रेष्ठले ३८ लाख, गोविन्दराज जोशीले २७ लाख ८० हजार उपचार खर्च लिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

झलनाथ खनालको अमेरिकामा उपचार गर्दा खर्च भएको ७७ लाख रुपियाँको शोधभर्ना प्रक्रिया जारी छ ।