
काठमाडौं चैत्र ०८ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ ।
रु २४.९९ लाख बाट प्रारम्भ हुने यस गाडीका विभिन्न ३ मोडेलहरु GO A (O), GO T / GO T(O) नेपाली बजारमा उपलब्ध रहेका छन् । यी गाडीहरु थापाथलीतथा उत्तरढोकास्थित कम्पनीका आधिकारिक शोरुमहरु तथा नेपाल अधिराज्यभर रहेका विभिन्न १३ स्थानबाट सहजै प्राप्त गर्न सकिनेछ ।
नयाँ ड्याट्सन गो गाडीमा फाइदाजनक विशेषताहरु रहेका छन् । यसमा आरामदायी, सुरक्षा तथा स्टाइलिसबाट ड्राइभिङ्ग अनुभव प्राप्त गर्न सकिन्छ । कारले जापानिज प्रविधियुक्त इन्जिन, इनधन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ । नयाँ ड्यट्सनगोमा २८ विभिन्न विशेषता तथा १००ं अपडेटहरु रहका छन् ।
कम्पनीले आफ्नै ४ विभिन्न स्थानमा आफ्नै शोरुम तथा ललितपुरमा रहेको भब्य र आधुनिक सर्भिस सेन्टरहरुबाट सेवा प्रदानगर्दै आएको छ । भविष्यमा डिलर नेटवर्कको माध्यमबाट थप १२ स्थानहरुबाट आफ्नो सेवाप्रदानगर्ने लक्ष्य लिएको छ ।















प्रतिक्रिया