४ कार्तिक २०८३, बुधबार

सिद्धार्थ बैंक र महालक्ष्मी इन्स्योरेन्सबीच बीमा सम्झौता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० चैत । सिद्धार्थ बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार सिद्धार्थ बैंकले देशभर रहेका आफ्ना १ सय ४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्रि गर्नेछ ।

महालक्ष्मी इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको थियो ।

इन्स्योरेन्सले काठमाडौँ, पोखरा, वीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङबाट कारोबार प्रारम्भ गरिसकेको छ । यहि चैत्र महिनाभित्र काठमाडौँ उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको छ ।

सम्झौतामा सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरे ।