५ कार्तिक २०८३, बिहिबार

यस्तो रुपमा एसईई दिन पुगिन् अभिनेत्री करिष्मा मानन्धर

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री करिष्मा मानन्धर यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन् ।

उनको परीक्षा केन्द्र डिल्लिबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमामा थियो । मानन्धर आफैं बा९च ४२६ नम्बरको कार चढेर विद्यालयकै पोशाकम ठाँटिएर परीक्षा केन्द्र पुगेकी थिइन् ।

त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीमा दुई वर्षअघि आठ कक्षा प्रवेश गरेकी करिश्मा नीलो कार चढेर परीक्षा केन्द्र पुगेकी थिइन् । यस वर्षदेखि पहिलो पटक संघीय संरचनाको स्वरुपअनुसार सुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी छन् ।

परीक्षा दिनका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

हेर्नुहाेस् थप फाेटोहरु :