२ कार्तिक २०८३, सोमबार

माओवादीले भन्यो- ‘ल्हारक्याल लामा विज्ञ हुन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

laharcal-lamaकाठमाडौं, २७ माघ । प्रमुख विपक्षी दल एकीकृत माओवादीले सभासद ल्यारक्याल लामाको बचाउ गरेको छ ।

एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले आज विज्ञप्ति जारी गरेर लामा विज्ञ ब्यक्तिका रुपमा सभासदमा सिफारिससहित नियुक्त गरेको जनाउनुभएको हो । एमालेबाट अर्थ राज्य मन्त्री बनाइएको बेला लामाले पासपोर्ट विवाद भए पनि राज्यका तर्फबाट भएको छानबिनबाट सफाइ पाइसकेको एमाओवादीले जनाएको छ ।

दोस्रो संविधानसभाअघि एमाले छाडेर एकीकृत माओवादीमा प्रवेश गरेका लामालाई जनजाति तथा बौद्ध समूदायको तर्फबाट संविधानसभाको समानुपातिक निर्वाचनमा उम्मेदवार बनाएको र हाल रिक्त रहेको पदमा सिफारिस गरिएको शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सञ्जालहरुमा सभासद बनाएको भन्दै आलोचना भएपछि एमाओवादीले आलोचना नगर्न आग्रह गरेको हो ।
एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएको बेला लामालाई अर्थराज्यमन्त्री बनाइएको थियो ।