
काठमाडौं, ९ चैत । चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी शुरुवात गरेको छ ।
शनिबारको उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो ।
बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । चेन्नईका अम्बाती रायडुले २८ रन बनाए ।
यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर १७ ओभर १ बलमा अलआउट हुँदै ७० रन मात्र बनाएको थियो ।
बैंगलोरका लागि पृथ्वी पटेलले सर्वाधिक २९ रन बनाउनु बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कप्तान विराट कोहली ६ रनमै पेभिलोन फर्के । चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३र३ विकेट लिए ।
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट शनिबारबाट शुरु भएको हो ।















प्रतिक्रिया