मुम्बई । पछिल्लो समय साउथ फिल्म पनि क्षेत्रीय फिल्मको दायर तोडेर बलिउडझै विश्वमा आफ्नो पहिचान बनाउन सफल देखिएको छ । साउथमा त यस्ता केही अभिनेता रहेका छन् ।
जसको चर्चा र फिस बलिउड अभिनेताको भन्दा बढी छ । आज चर्चा साउथका ५ अभिनेताको गर्न खोजिएको छ । जसको नामले फिल्म हिट हुने गर्दछ ।
रजनीकान्तको लोकप्रियता विश्वमा छ । उनी साउथमा मात्र हैन पुरै भारतमा समेत राज गर्न सफल छन् । उनी एसियाकै सबैभन्दा महँगो कलाकारको लिष्टमा तेस्रो नम्बरमा छन् । उनले आफ्नो पछिल्लो फिल्ममा ८० करोड फिस लिएका थिए ।
बलिउडदेखि साउथ फिल्मसम्म कमल हसन छाएका छन् । उनी एक फिल्मका लागि २० देखि ३० करोडसम्म लिन्छन् । कमलको नामबाट फिल्म हिट हुने गर्दछ ।
टलिउड स्टाइल किङ्गको नामबाट परिचित महेशबाबु फिल्ममा हुनु भनेको हिट हुनु हो भन्ने गरिन्छ । बाल हिरोको रुपमा अभिनय करियर सुरु गरेका महेश एक फिल्मका लागि २५ करोड बढी रकम लिन्छन् ।
१९९६ मा फिल्म ‘अक्कड अम्माई लक्कड’ बाट अभिनय करियर सुरु गरेका पवन कल्याणले २२ वर्षको अभिनय करियरमा जम्म २३ फिल्म मात्र खेलेका छन् । उनको स्टारडम पनि लोभलाग्दो छ । उनी एक फिल्मका लागि १८ करोड भन्दा बढी फिस लिन्छन् ।
जुनियर एनटीआर टलिउडका सबैभन्दा दमदार अभिनेताको रुपमा परिचित छन् । उनी अभिनय, फायट र डान्सको अलग अन्दाजका कारण पनि चिनिएका छन् ।
१७ वर्षको अभिनय करियरमा उनले कयौ रेकर्ड बनाएका छन् । उनी एक फिल्मका लागि १८ देखि २० करोडसम्म फिस लिने गर्दछन् । उनको नामबाट पनि फिल्म हिट हुने गर्दछ ।















प्रतिक्रिया