५ कार्तिक २०८३, बिहिबार

‘कालो बर्ष’को ‘फस्ट लुक’ सार्वजनिक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘कालो बर्ष’को पहिलो पोष्टर सार्वजनिक गरिएको छ।

लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुजेलको छन् । योगिराम फिलिम्सको प्रस्तुति रहेको चलचित्रमा योगेन्द्र प्रसाद पनेरु र राम खड्काको लगानी  छ ।

सुवास देवकोटाको सम्पादन रहेको चलचित्रलाई रिच इन्टरटेनमेन्टका  ‘करन श्रेष्ठ’ ले चलचित्र बितरकको जिम्मा लिएका छन् ।