
काठमाडौं । जीवनका अनेक अध्याय छन्– अभिनेत्री करिश्मा मानन्धरसँग । अझ, नेपाली फिल्मी क्षेत्रमा लागेपछि उनले उतारचढावका अध्यायहरू पार गरिन् । धेरै अनुभव बटुलिन् ।
विदेश यात्रा पनि तय गरिन् । जीवनका अध्याय एकातिर चलिरहेकै छन्, अझै । तर, त्यसभित्र चलिरहेको छ १० पुस्तकका अनेक अध्यायहरू जसलाई उनले पास गर्नैपर्ने छ ।
जीवनको उत्तरार्धको समयमा उनी विद्यालय भर्ना भइन् । ८ कक्षामा भर्ना भएकी उनी पर्सी हुने एसईई परिक्षामा सहभागी हुँदैछिन् । आफ्नी छोरी भन्दा पनि कलिला उमेरका सहपाठीसँग उनले विद्यालय धाइन्, अब परिक्षा दिनेछिन् ।
१४ बर्षको उमेरमा कक्षालाई छाडेर फिल्मिक्षेत्रमा संघर्षको मैदानलाई उनले समातिन् । ३१ बर्षसम्म उक्त क्षेत्रमा निरन्तरता दिँदै गर्दा राजनीति पनि थालिन् । तर, उनलाई महिला शशक्तिकरणको एउटा महत्वपूर्ण पाटो शिक्षा पनि रहेको भन्ने लागेपछि अहिले एसइईको तयारीमा छिन् ।
उनी भन्छिन्,‘मैले १४ बर्षकी एक बालिकालाई डेक्स ब्रेन्चमा छाडेकी थिएँ, अहिले पुनः त्यहिँ फर्किएकी छु । जीवनमा यो पनि एउटा रोमाञ्चजस्तो लाग्छ ।’
पास र फेल भन्ने चिज परिक्षामा अक्सर हुन्छ । उनलाई त्योसँग कुनै सरोकार छैन । तर मिहेनतको प्रतिफल निस्कनेमा ढुक्क छिन् ।
‘म फेल भएँ भने पनि दुखी हुनेछैन । तर, जीवनमा सन्तुष्टिको एउटा काम अध्ययन पनि रहेको मैले बुझेकी छु’, उनी भन्छिन्,‘कतिपय विषय कठिन पनि लाग्छन्, पहिला गणित असजिलो लाग्थ्यो, अहिले विज्ञान कठिन जस्तो लाग्छ । तर, मैले जसरी पनि यो परिक्षा गर्नु नै छ ।’
बीबीसीको सहयोगमा















प्रतिक्रिया