
काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेले आगामी नेतृत्वको दाबी गरेकी छन् । उनको यो दाबी सामाजिक सञ्जाल फेसबुकमा अध्यक्षका लागि उम्मेदवारी घोषणाले पुष्टि गरेको छ ।
उनले लेखेकी छन्,‘यही चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको उम्मेदवारीको घोषणा गर्दछु ! मेरा सम्पूर्ण आदरणीय अग्रज चलचित्रकर्मी ज्युहरू, सहकर्मी, सहधर्मी मित्रहरू तथा सम्पूर्ण संचारकर्मी साथीहरू मलाई साथ सहयोग र आशीर्वाद दिनुहुन अनुरोध गर्दछु !’
लामिछाने सत्तारुढ नेकपा र त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीनजिक मानिन्छिन् । उनी संघमा महासचिव छिन् । केही समयअघि संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको थियो ।















प्रतिक्रिया