
काठमाडाैँ, ७ चैत । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । उनी लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियशिल छन् ।
चलचित्र अभिनय, निर्माण हुदै निर्देशक समेत भईसकेका भट्टराईलाई हालै बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।
सन् १९६८ नाभेम्भरमा ओखलढुंगामा जन्मिएका केशव भट्टराई ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले आफ्नो मान्छे, कर्मयोद्धा, सो सिम्पल, ब्रास्लेट जस्ता चलचित्र पनि निर्माण गरिसकेका छन् ।
त्यस्तै यात्रा, छोडिगए पाप लाग्ला, देवर बाबु, पाहुनामा उनकै प्रस्तुति थियो । उनी अनामनगरमा बस्दै आएका छन् । उनले दर्जनौँ चलचित्र अवार्ड पनि पाएका छन् । उनी पू्र्वएमाले हालको नेकपा निकट मानिन्छन् ।
यसअघि चलचित्र विकास बाेर्डकी अध्यक्ष निकीता पाैडेललाई सरकारले हटाउने तयारी गरेपछि उनले राजीनामा दिएकी थिइन् । पाैडेलको राजीनामापछि रिक्त पदमा भट्टराईलाई नियुक्त गरिएको हो ।















प्रतिक्रिया