४ कार्तिक २०८३, बुधबार

सेञ्चुरी बैंकको लाभांश : शेयर भन्दा नगद बढी

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको कूल चुक्ता पूँजीको रु आठ अर्ब २५ करोड चार लाख ६२ हजार ३२९ को दुई प्रतिशतले हुन आउने रु १६ करोड ५० लाख नौ हजार २४७ बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै बैंकले चुक्ता पूँजीको ४.५ प्रतिशतले हुन आउने रु ३७ करोड १२ लाख ७० हजार ८०५ नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमका अनुसार नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश वितरण गरिने छ । – रासस