काठमाडौं । नेपाली गीत संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय गायक शिशिर योगीले एल्बम सार्वजनिक गरेका छन् ।
गायिक योगीको ‘शिशिर’ एल्वमलाई म्युजिक नेपालले प्रकाशनमा ल्याएको हो । पुराना तथा संगीतकारहरूलाई समेटेर तयार पारिएको यो एल्बममा रत्नशम्शेर थापाका ५ गीत समावेश छन् ।
एल्वममा सबैभन्दा वरिष्ठको हिसावले रत्नशम्शेर थापालाई समेटिएको छ । सत्यमोहन जोशी, कमल दीक्षित, कालीप्रसाद रिजाल, भीम बिरागका शब्द पनि ‘शिशिर’ एल्वममा समावेश छन् ।
अम्बर गुरुङ, नोर्वु छिरिंग, राजकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठको संगीतले एल्बम राम्रो बनाएको छ ।
एउटा गीतमा नारायण गोपालको संगीत पनि रहेको छ । राम्रा शब्द र संगीत रहेको ‘शिशिर’लाई अग्रजहरूले प्रशंसा गरेका छन् ।
‘शिशिर’मा ९ वटा गीत छन् । गायक योगीले ती सबैमा स्वर दिएका छन् ।
एउटा गीतमा ज्ञानु राणाको स्वर छ । गीत छनौट र संगीत छनौट उनको तारिफ योग्य छ ।
एल्बममा ३ वटा गायक योगीले आफ्नै संगीत समावेस गरेका छन् । गायन संगीत मा कुनै खोट छैन ।
संगीत संयोजन पनि राम्रो रहेको छ । नोर्वु छिरिंग, अमुल कार्की ढलीले गीतमा एरेञ्ज गरेका छन् ।
एल्बममा समावेश ‘पुतली’ बोलको गीतमा भिडियो पनि बनेको छ । वसन्त ऋतुको मौसममा बसन्तमै रमाउने पुतली गीत भिडियो सहित सार्वजनिक हुनु राम्रो संयोग पनि बनेको छ ।
२००० सालतिरै रचना गरिएको यो कबितामा गीत निकै मिठो बनेको छ । सरल र सरस गीतमा सरल नै भिडियो बनेको छ ।
निरज र दिवासनाको अभिनय रहेको यो गीतमा जीवन शाहीको निर्देशन छ । विकास दाहालको सम्पादन र उत्सब दाहालको छायांकन रहेको छ ।















प्रतिक्रिया