२८ आश्विन २०८३, बुधबार

ह्यान्डबलको आधारभूत तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Handbalकाठमाडौं । राष्ट्रभरी नै ह्यान्डबलको विकास र विस्तार गर्दै अन्तराष्टिय स्तरमा नेपाली ह्याण्डबललाई पु-याउने उद्धेश्यका साथ नेपाल ह्याण्डबल संघले माझटार धादिङमा ह्याण्डबल आधारभूत तालिम सुरु गरेकोछ ।

पाँच दिन सम्म संचालन हुने तालिममा धादिङ जिल्लाका २० विद्यालयकाका खेल शिक्षक र ५ स्थानिय क्लबका प्रतिनिधीहरुले ह्यान्डबलको आधारभूत तालिम प्राप्त गर्ने नेपाल ह्याण्डबलस संघका केन्द्रिय सदस्य केशव पाठकले जनाएका छन् ।

ह्यान्डबलका मुख्य प्रशिक्षक अरुणलाल कर्णले प्रशिक्षण प्रदान गर्ने छन् । कार्यक्रमको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले मंगलबार धादिङ जिल्ला ह्याण्डबल संघका अध्यक्ष बाबुकाजी श्रेष्डलाई ह्याण्डबल सामग्री प्रदान गरेर उद्घाटन गरे ।