४ कार्तिक २०८३, बुधबार

साफ महिला : नेपालकै लयमा भारत, बंगलादेशलाई हराउँदै बन्यो फाइनल प्रतिद्वन्द्वी

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । साफ च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि नेपालले भारतलाई प्रतिद्वन्द्वी पाएको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४–० ले पाखा लगाउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।

खेलको १८ औं मिनेटबाट अग्रता लिएको भारतले पहिलो हाफ सकिँदासम्म ३–० को स्थितिमा पुर्याएको थियो । दोस्रो हाफको ईन्जुरी समयमा एक गोल थप्दै भारतले ४–० को जित हात पारेको हो ।

यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० कै अन्तरमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो ।