मुम्बई । बलिउड नायिका दीपिका पादुकोण र रणवीर कपूरको अनस्क्रिन जोडीलाई दर्शकले निकै मन पराउँछन् ।
केहीले त दीपिका र रणवीरको विवाह नै होस् भन्ने पनि चाहेका थिए । कुनै समय एकअर्काको गहिरो प्रेममा रहेका दीपिका र रणवीरको पछि आपसी असमझदारीका कारण सम्बन्ध टुटेको थियो ।
यी दुवैका फ्यानहरु दीपिकाले अर्का अभिनेता रणवीर सिंहका साथ विवाह हुनु अघिसम्म दीपिका र रणवीर कपूरको पुनर्मिलन हुन सक्ने अनुमान लगाउने गर्थे । तर त्यो कुरा सम्भव हुन नसके पनि दीपिका र रणवीर कपूरबीचको मित्रताको सम्बन्ध आजसम्म प्रगाढ नै छ ।
हालै दीपिका पादुकोण र रणवीर कपूर एक विज्ञापनको छायाँकंनका लागि सँगै देखिएका थिए । छायाँकंन सकेर सेटबाट फर्कने क्रममा दीपिका र रणवीरले एकअर्कालाई नजिकका साथीहरुझैं अँगालो हाल्दै गुडबाई किस गरेका तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
दीपिका पादुकोण र रणबिर कपूर आ–आफ्नो सम्बन्धमा अगाडि बढीसकेका छन् । दीपिकाले अभिनेता रणवीर सिंहका साथ विवाह गरिसकेकी छिन् भने रणवीर कपूर अभिनेत्री आलिया भट्टलाई डेट गरिरहेका छन् ।















प्रतिक्रिया