३० आश्विन २०८३, शुक्रबार

दिल्ली निर्वाचन : केजरीवाललाई बहुमत, प्रधानमन्त्री मोदीले दिए बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aarbinda-kageriwal

नयाँदिल्ली २७ माघ । दिल्लीमा सम्पन्न विद्यानसभाको निर्वाचनमा आम आदमी पार्टी (आप)ले स्पष्ट बहुमत ल्याउने निश्चित भएको छ ।

आज केही बेरमा सकिने मतगणना अनुसार अहिलेसम्म आम आदमी पार्टी १४ हजार मतले अगाडी छ । निर्वाचन आयोगले दिउँसो निर्वाचन मतपरिणाम सार्वजनिक गर्दैछ । अर्थात ६० सिटमा जित हात पारेको छ । औपचारिक घोषणा गर्न बाँकी छ ।

सत्तारुढ भारतीय जनता पार्टी भन्दा आप १४ हजार मतले अगाडी छ । भने वर्षाेदेखि शासन चलाउदै आएको कांग्रेस तेस्रो स्थानमा झरेको छ । यसअवसर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपका मुख्य नेता अरविन्द केजरीवाललाई टेलिफोन तथा सामाजिक सञ्जाल मार्फत सुधकामना बधाई दिएका छन् ।

केजरीवालसंगको कुराकानीमा प्रधानमन्त्रीले भनेका छन्, ‘अब हामी मिलेर संगैसंगै जानुपर्छ ।’ भारतीय सञ्चारमाध्यमका अनुसार केहीबेर अघि मात्रै प्रधानमन्त्री मोदीले केजरीवाललाई फोन गरेका थिए ।

केजरीवाललाई कांग्रेसका सीएम उम्मेदवार अजय माकन र सत्तारुढ भाजपा प्रदेश अध्यक्ष सतीश उपाध्यायले पनि बधाई दिएका छन् । बहुमतीय सरकार बनाउने तयारीमा लागेका केजरीवालको सुरक्षाका लागि दिल्ली पुलिस प्रहरी खटाएको छ । खबर अनुसार उनलाई कडा सुरक्षा बीच राखिएको छ । केजरीवालको सुरक्षाका लागि सैनिक कमांडो पनि खटाइएका छन् ।

आपका उम्मेदवार सोमदत्त भाजपा उम्मेदवार प्रवीण कुमार भन्दा १४ हजार मतले अगाडी छन् । जबकि कांग्रेसका सीएम उम्मीदवार अजय माकन तेस्रो नम्बरमा छ । दिल्लीमा हार भएपछि कांग्रेस अध्यक्ष अरविंदर सिंह लवलीले प्रदेश कांग्रेस अध्यक्ष पदबाट राजिनामा दिएका छन् ।

यसैबीच केजरीवालले सरकार बनाउन तयारी सुरु गरेका छन् । उनले संसद भवनमा नभइ रामलिला मैदानमा सपथ खाने घोषणा समेत गरिसकेका छन् । पछिल्लो समय केही उदावादी काम गरेर केजरीवाल चर्चामा छन् ।