४ कार्तिक २०८३, बुधबार

नयाँ वर्षको अवसरमा औद्योगिक व्यापार मेला हुने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, ५ चैत । नयाँ वर्षको अवसरमा भक्तपुरमा बृहत औधोगिक मेला हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘पाँचौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४÷०७५’ को आयोजना गर्ने भएको हो ।

संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले मेला आगामी चैत्र २१ गतेदेखि बैशाख २ गतेसम्म १२ आयोजना हुने जानकारी दिए ।

उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उदेश्यले नयाँ वर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागेको उनले बताए । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा मेलाको आयोजना गरिने जानकारी दिदै उनले मेलामा २०० भन्दा बढी स्टल रहने बताए ।

मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, विभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहनेछ ।

पत्रकार सम्मेलनमा मेलाका संयोजक दिपक थापाले यसवर्षको मेलामा खुला भलिबल प्रतियोगिताको समेत आयोजना गर्ने जानकारी दिए । मेलामा अटोमोवाईल, अन्तर्राष्ट्रिय खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, अन्तर्राष्ट्रिय स्टल, विभिन्न ब्राण्डका मोवाइल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहने बताए ।

मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिदै उनले मेलामा आउनेहरुका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने जानकारी दिए ।

करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने र करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको मेलाका संयोजक थापाले जानकारी दिए । मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता, तथा बि–बोईङ प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना हुनेछ ।

मेलामा बाल उद्यान, रोटी पिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामाग्रीका साथै चार दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुति रहने उनको भनाई थियो ।

मेलामा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दा यसबाट लाभ लिन सक्ने मेलाका प्रेस संयोजक सोम शर्मा (बजगाईं) ले जानकारी दिए ।