काठमाडौं, २७ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जातजाति भड्काउने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले गलापासो लगाउने बताउनुभएको छ ।
जनता सचेत भइसकेको बताउदै जातजातिलाई राज्य दिन्छु भन्दै हिँड्ने एमाओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति अहिले उनकै लागि गलापासो भएको उहाँले बताउनुभयो ।
उहाँले एमाओवादी सहितको ३० दलिय मोर्चालाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गर्नुभएको छ ।
मुलुकमा संविधान निर्माणका लागि आन्दोलनबाट निकास नपाइने भन्दै विपक्षीलाई आन्दोलन छोडेर वार्ता र सहमतिमा आउन आग्रह गर्नुभएको हो ।
उपसभापति पौडेलले देशलाई सङ्कटबाट मुक्त गर्न आन्दोलन होइन वार्ता र सहमति आवश्यक छ भन्नुभयो ।
प्रधानमन्त्रीको लिखित वक्तव्यबाट उनीहरूलाई वार्तामा आउने प्रसस्त मार्ग मिलेको उहाँले बताउनुभयो ।















प्रतिक्रिया