काठमाडौं । गंगाहिटी टोली सुधार समिति, चावहिलको आयोजनामा प्रथम सिक्स ए साइड पुरुष फुटबल प्रतियोगिता जेठ २० गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक लक्ष्मण श्रेष्ठले जनाएका छन् ।
विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई समान ७ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख खर्च हुनेछ । नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल जेठ २६ गते हुनेछ ।











प्रतिक्रिया