४ कार्तिक २०८३, बुधबार

प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङमा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ चैत । प्रभु बैंकले आफ्नो नयाँ शाखा ताप्लेजुङको फुङलिङमा सञ्चालनमा ल्याएको छ । आइतबार फुङलिङ नगरपालिका–४ मा सञ्चालनमा आएको शाखाको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा ताप्लेजुङ्ग जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति थियो ।

नगरपालिकाका मेयर प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आफ्नाे शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै अब फुङलिङ नगरपालिकावासीहरुलाई नजिकैबाट गुणस्तरीय एवं अत्याधुनिक बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

यो अवरसलाई सहि सदुपयोग गर्न नगरवासीलाई आव्हान पनि गरे ।