
काठमाडौं । अभिनेत्री बर्षा सिवाकोटीले नेपाली फिल्म उद्योगमा काम पाइरहेकी छन् । उनले म्युजिक भिडियोदेखि फिल्महरूमा निरन्तर काम गरेकी छन् । म्युजिक भिडियोमा चम्किए पनि फिल्ममा उनी त्यति चम्किन सकिनन् ।
सायद, यहि विषयले उनलाई घोचिरहेको थियो । र, फेसबुकमा एउटा स्ट्याटस लेखिन्– ‘न म स्टारको सन्तान, न कसैको प्रेमिका, न म हिट ब्यानरको रेगुलर सदस्य । न म कुनै युट्युव च्यानलको अफिसियल हिट अभिनेत्री । बस कामको परिचय बनाउन निरन्तर एक्लो लागिरहेको विचरा, सो कल्ड रिजर्भ आर्टिस्ट । अनि हलसम्म मेरा लागि किन जाने ? समयको बर्बादी । फिल्मको त के कुरा गर्नु हिट कलाकार, हिट मुभी ।’
उनको यो विचार अझ व्याख्या गर्दै रंग पत्रकारसँग भनिन्,‘मैले ठूलो कलाकार र मिडियाको सपोर्ट पाइन ।’















प्रतिक्रिया