४ कार्तिक २०८३, बुधबार

ला लिगामा एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ चैत । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग दुई शून्यले पराजित भएको छ ।

एथ्लेटिक बिल्बाओको मैदानमा भएको खेलमा पाहुना टिम मड्रिडले पहिलो हाफमा गोल गर्दै निकै मौका पाए पनि सकेन ।

दोस्रो हाफमा भने एथ्लेटिक बिल्बाओले आक्रामक फुटबल खेल्दै दुई गोल गर्न सफल भयो । जसका कारण एट्लेटिको स्तब्ध बन्यो ।

खेलको ७३ औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै टिमलाई अग्रता दिलाए भने ८५ औं मिनेटमा केनन कोद्रोले एथ्लेटिक बिल्बाओको अग्रता दुई शुन्यमा पुर्‍याए ।

त्यसपछि मड्रिड खेलमा खेलमा फर्कन सकेन र सिजनको चौथो हार ब्यहोर्‍यो । यो हारले उसलाई शिर्ष स्थानको बार्सिलोनासँग दूरी कम गर्ने अवसर गुमेको छ ।

बार्सिलोनाको २७ खेलबाट ६३ अंक छ भने एट्लेटिको मड्रिडको २८ खेलबाट ५६ अंक छ । तेस्रो स्थानको रियलको ५४ अंक छ ।