
काठमाडौं, १ चैत । श्रीलंका र भारत साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘बी’ अन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० ले हराएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।
हारँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।
विराटनगरमा शुक्रबार भएको खेलमा श्रीलंकाकी चलानीकुमारी इकानायाकेले दुवै गोल गरिन् ।
समूह ‘बी’को समुह विजेता टोलीको टुङ्गो भने आगामी आईतबार लाग्नेछ । समुह चरणको अन्तिम खेलमा आगामी आईतबार भारत र श्रीलंका भिड्नेछन् ।















प्रतिक्रिया