४ कार्तिक २०८३, बुधबार

हिन्दुराष्ट्र र राजसंस्थाको नारा छोड्ने छैनाैँ : कमल थापा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको नारा नछोड्ने बताएका छन् । हिजो बाटो बिराएर राजसंस्थाको नारा छोडेको भन्दै थापाले क्षमायाचना गरे ।

शुक्रबार काठमाडौँमा आयोजित मेचीमहाकाली स्वाभिमान यात्राको समापन कार्यक्रमलाई सम्बोध गर्दै थापाले आउँदा दिनमा जनतालाई कहिल्यै धोका नदिने प्रतिवद्धता व्यक्त गरे । ‘राप्रपा अब कहिल्यै सत्ता राजनीति गर्ने छैन, हिन्दुराष्ट्र र राजसंस्थाको नारा छोड्ने छैन’, थापाले भने, ‘विगतमा हामीबाट भएका गल्तीबाट दुःख व्यक्त गर्दै क्षमा माग्न चाहान्छौँ ।’

थापाले मेचीमहाकाली यात्रा रमाईलोका लागि, घुमफिरका लागि नगरेको दाबी गरे । उनले देशमा परेको संकटका विषयमा हरेक स्वाभिमानी नेपालीको मन, मष्तिष्कमा सन्देश पुर्याउन यात्रा गरिएको बताए ।