९ कार्तिक २०८३, सोमबार

प्रश्नावली समिति नसच्याए सडक संघर्ष गर्छाै : कमल थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1काठमाडौं, २६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानसभाले गठन गरेको प्रश्नावली समिति नसच्याए सदन र सडक संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।

सोमबार राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको वैठक पछि विज्ञप्ती जारी गर्दै अध्यक्ष थापाले प्रश्नावली निर्माण समितिले धर्म निरपेक्षता गणतन्त्र र संघियताको विषयमा प्रश्न बनाउने नपाउने गरी गरिएको निर्णय तत्काल सच्चाउन माग समेत गर्नुभयो ।

‘जनताको मत बोकेको राज्यकै चौथो पार्टीलाई निषेध गरेर अगाडी बढाइएको प्रश्नावली तत्काल सच्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अन्यथा सडक तथा सदन दुवैमा संघर्ष गर्छाै ।’

उहाँले प्रश्नावली समितिको निर्णय नसच्याए आगामी २९ गते बोलाइएको संविधानसभा बैठक वहिष्कार गर्ने चेतावनी समेत दिनुभयो । ‘प्रश्नावली सम्बन्धी निर्णय संविधान, नियमावली र संविधानसभाको बैठकको कार्यदेश विपरित छ,’ उहाँले भन्नुभयो, ‘तत्काल नसच्याइए संविधानसभा वहिष्कार गर्न बाध्य हुनेछौ ।’

‘प्रश्नावली समिति नेपालको अन्तरिम संविधान-संविधानसभा नियमावली र नेपाली जनताको अभिमतद्वारा स्थापित मुलुकको चौथो ठूलो राजनीतिक शक्तिको उपरोक्त एजेण्डालाई उपेक्षा गर्दै अगाडी बढ्ने हो भने आगामी दिनहरु मा राप्रपा नेपाल यो प्रक्रियाको विरुद्धमा संविधानसभा वैठक वहिष्कार गर्न सक्ने सम्म अवस्थामा पुग्न बाध्य हुनुपर्ने छ,’ बैठकपछि अध्यक्ष थापाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।