४ कार्तिक २०८३, बुधबार

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको शानदार जित

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन । शानदार पुनरागमन गर्दै युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा अन्तिम ८ मा स्थान बनाएको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडमाथि ३–० को शानदार जित निकाल्दै इटालियन च्याम्पियन युभेन्टसले समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा २–० ले पराजित भएको युभेन्टसका लागि युरोपियन प्रतियोगितामा शानदार पुनरागमन गराउनका लागि यहि सिजन रियल मड्रिडबाट गएका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

युभेन्टसका लागि तीनै गोल रोनाल्डोले गरेका हुन् । पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा दुई गोल गरेका हुन् । २७ औँ मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले अग्रता लियो ।

४९ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसले दोस्रो लेगमा २–० को अग्रता लियो भने समग्रमा २–२ को बराबरी बनायो ।

खेलको अन्तिम समयतिर युभेन्टसले पेनाल्टी पायो । ८६ औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे । रोनाल्डोको ह्याट्रिकले युभेन्टस समग्रमा ३–२ ले विजयी भयो र अघिल्लो चरणमा स्थान पक्का गर्न सफल भयो ।

उनी गत सिजन ९९.२ मिलियन पाउन्डमा रियल म्याड्रिडबाट युभेन्ट्समा आवद्ध भएका थिए।

सनसनीपूर्ण ह्याट्रिक रोनाल्डोले भनेका छन्,’ त्यसैले मलाई युभेन्ट्सले किनेको हो। उनीहरुले चाहेर पनि हासिल गर्न नसकेका कुरा प्राप्त गर्न मलाई भित्र्याएका हुन्।’

रोनाल्डोले च्याम्पियन्स लिगमा जितको मनस्थिति हुनुपर्ने बताए।  ‘च्याम्पियन्स लिगको खेल जित्न यस्तै मेन्टालिटी चाहिन्छ। हामीले एउटा जादूमयी  रातको मजा लियौं। एट्लेटिको बलियो टिम हो तर हामी पनि कमजोर होइन,’  उनले भने।