२ कार्तिक २०८३, सोमबार

तयार भयो २३२ प्रश्नसहितको प्रश्नावली, के के छन् प्रश्न ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan sabha vwan

काठमाडौँ, २६ माघ । संविधानका विवादित विषयमा सहमति जुटाउन गठित प्रश्नावली प्रस्ताव निर्माण समितिले विभिन्न विवादित विषयका सम्बन्धमा २३२ वटा प्रश्न तयार गरेको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले संविधान निर्माणमा देखिएका विवादको हल खोज्न १९२ वटा मूल प्रश्न र ४० सहायक प्रश्न तयार गरेको समितिका सदस्य अग्नि खरेलले जानकारी दिनुभयो ।

समितिले अघिल्लो संविधानसभाको संवैधानिक समितिअन्तर्गतको १५, मौलिक हकसम्बन्धी दुई, संवैधानिक अङ्गको स्वरुप निर्धारण समितिअन्तर्गतको २१, संवैधानिक अङ्गको संरचनासम्बन्धी १४, शासकीय स्वरुपसम्बन्धी ३७, न्याय प्रणालीसम्बन्धी ३१ र राज्य पुनःसंरचनासम्बन्धी ७२ वटा तयार प्रश्न तयार गरेको हो ।

प्रमुख विवादित विषयका रूपमा रहेको राज्य पुनःसंरचनाका सम्बन्धमा आइतबार बसेको प्रश्नावली निर्माण उपसमितिले प्रश्नहरु तयार गरी प्रस्ताव निर्माण समितिमा पठाएको थियो ।

राज्य पुनःसंरचनाका सवालमा दलहरूले न्यूनतम चार प्रदेशदेखि १४ प्रदेशसम्मको अवधारणा पेस गरेका थिए । नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलले संवाद समितिमा सात प्रदेशको अवधारणा पेस गरेका थिए भने एमाओवादी नेतृत्वको मोर्चाले १० प्रदेशको अवधारणा सार्वजनिक गरेको थियो । सोही अवधारणाका आधारमा प्रश्नहरू निर्माण भएका छन् ।

संवैधानिक आयोग के कति हुने, तिनको स्वरूप के कस्तो हुने, कतिवटा आयोग राख्ने भन्ने विषयमा देखिएका विवादहरूका सम्बन्धमा प्रश्नावली निर्माण भएको छ ।

विद्यमान संवैधानिक आयोगका अलावा महिला, दलित, प्राकृतिक स्रोत साधन, समावेशी समानुपातिक आयोग गठन हुनुपर्ने वा नपर्ने भन्ने विषयमा दलहरूबीच विवाद रहँदै आएको छ ।