२ कार्तिक २०८३, सोमबार

विहे गरेर युवकले आफ्नै श्रीमतीलाई जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २६ माघ । सिरहाको गोलबजार नगरपालिका–२ चोहर्वामा आइतबार एक नवविवाहिता महिलाको जलाएर हत्या गरिएको छ ।

आफ्नै घरको कोठामा शरीरमा मट्टीतेल छर्किएर आगो लगाएपछि २३ वर्षीया सरिता सहनीको मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी दिनुभयो ।

गत मङ्सिरमा विवाह भएकी सहनी आफैँले शरीरमा आगो लगाएर आत्महत्या गरको भन्दै उहाँका पति सीताराम सहनी घरका सबैजनासहित फरार भएका छन् ।

मृतक सहनीकोे शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा लगिने इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक निरौलाका अनुसार घटनास्थल प्रकृति मुचुल्कासहित शव परीक्षणका लागि पठाइएपछि अनुसन्धानको प्रक्रिया अगाडि बढाइने छ ।