४ कार्तिक २०८३, बुधबार

घरेलु महोत्सव सम्पन्न

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । पन्ध्र करोड चालीस लाख रुपैयाँको कारोबारका साथ १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । यही फागुन २३ गतेदेखि सञ्चालित पाँच दिने मेलाको चार लाख ७५ हजार जनाले अवलोकन गरेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ ।

मेलाको समापन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार पार्न देशका विभिन्न भागमा रहेका करिब चार लाख लघु, घरेलु तथा साना उद्योगबाट मद्दत पुग्ने बताउनुभयो । “हाम्रो जस्तो देशमा लघु, घरेलु तथा साना उद्योग आर्थिक विकासका संवाहकका हुन् ।

युवा पुस्तालाई विदेश पलायन हुनबाट जोगाउन र यस्ता उद्योगमा आकर्षित गर्नु आजको आवश्यकता हो”, उहाँले भन्नुुभयो । सङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले देशभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको बजार प्रवद्र्धन गर्न मेला सफल भएको बताउनुभयो । – रासस