
काठमाडौँ, २८ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्ला, बिर्तामोड नगरपालिका–४, भद्रपुर रोडमा मंगलबार ७०औँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका संचालक समिति सदस्य भीम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रमुख सुजन राई तथा अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा प्रदेश नं. १ को तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराए ।
बैंकले पछिल्लो समय व्यवसायका दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।
काठमाडौँ–३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६९ वटा शाखा कार्यालयहरु तथा २४ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया