२ कार्तिक २०८३, सोमबार

सर्वसाधारणका लागि सुन्धारा-महापाल सडक एकतर्फी बनाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KTM_Roadललितपुर, २६ माघ । ललितपुरको पाटन सुन्धारादेखि महापालसम्मको एक किलोमिटर सडक एकतर्फी बनाइएको छ ।

ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेंथुका अनुसार अत्यन्तै साँगुरो सडक भएकाले, यातायातको साधनको चापले गर्दा आवतजावत गर्न कठिन र निकै जाम पर्नेहुँदा स्थानीयको अनुरोधमा आइतबारदेखि बाटो एकतर्फी बनाइएको हो ।

साँगुरो बाटोका कारण दुर्घटना बढेकाले दुर्घटना नियन्त्रण गर्न पनि बाटो एकतर्फी बनाउन आवश्यक रहेको प्रमुख हाछेँथुले बताउनुभयो ।

यातायातका साधन निकै जाम हुने समय बिहान ८ देखि बेलुका ८ बजेसम्मका लागि मोटरसाइकलबाहेक अन्य यातायात साधनका लागि यो नियम लागू हुनेछ ।

नियमअनुसार एउटा चारपाङ्ग्रे गाडीका लागि कम्तिमा पनि सात फिटको बाटो आवश्यक पर्ने भए पनि त्यहाँको सडक आठ फिटको मात्र रहेको छ ।

सडक साँगुरो भए पनि त्यस स्थानमा यातायातका साधनको निकै चाप छ त्यहाँ एक मिनेटमा मोटरसाइकल ३० वटासम्म चल्छन् भने अन्य गाडी २० वटासम्म चल्ने गरेका छन् ।