४ कार्तिक २०८३, बुधबार

माधव नेपाल साक्षी राखेर दिनेशले गरे गिनिज बुकमा तेस्रो रेकर्डको प्रदर्शन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । पार्कर खेलाडी दिनेश सुनाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा तेस्रो पटक नाम लेखाउनका लागि प्रदर्शन सकेका छन् ।
नेकपा नेता माधवकुमार नेपाललाई साक्षी राखेर उनले उक्त प्रदर्शन गरेका हुन् । पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन३० सेकेन्ड’ विधामा तेस्रोपटक (ह्याट्रिक) वल्र्ड रेकर्ड राख्ने प्रदर्शन गरेका हुन् ।

यीनै विधामा उनले दुई पटक नाम लेखाइसकेका छन् ।

सुनार पार्कर खेलको विकासका लागि पनि निरन्तर लागि रहेका छन् । दोस्रो पटक नाम लेखाए पछि उनी थप तालिमका शिलशीलामा अमेरिका पनि पुगेका थिए ।

वल्र्ड पार्कर फेडेरेशनले उनलाई बोलाएको थियो । अदभूत कला रहेका सुनार भन्छन्,‘खेलको क्षेत्रमा मुलुक चिनाउने केही गर्ने जोश आएको छ । विश्वमा नाम लेखाउने मात्र होइन, नेपाल चिनाउने धोकोले प्रदर्शन गरेको हुँ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलाडी सुनारलाई नेपालको झण्डा ओढाएर बधाई तथा शुभकामना दिएका थिए ।

सोमबार राजधानीको भृकुटी मण्डपमा उनले प्रदर्शन गरेका थिए । सशस्त्र प्रहरीमा ८ बर्षदेखि उनी कार्यरत थिए । खोटाङ स्थायी घर भएका उनको धोको नै नेपालमा पार्कर खेलाडीको उन्नत विकासमा योगदान दिने छ ।