२० कार्तिक २०८३, शुक्रबार

घाइते सन्तराम थारुको मृत्यु

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २७ फागुन । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका कपिलवस्तु चौरी निवासी ४५ वर्षीय सन्तराम थारुको उपचारका क्रममा मृत्यु भएको छ । उनी दुई दिन अगाडि दुर्घटनामा परेका थिए ।

फागुन २५ गते साँझ करीव पौने पाँच बजेको समयमा बुद्धभूमि–४ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट आउँदै गरेको लु ३ त १८७६ नम्वरको ट्याक्टरले विपरित दिशाबाट जाँदै गरेको लु ४५ प ४५५४ नम्वरको मोटर साईकललाई ठक्कर दिदा त्यस चालक थारु गम्भीर घाइते भएका थिए ।

उनको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा ल्याईएको प्रहरीले जनाएको छ ।