८ कार्तिक २०८३, आइतबार

२० वटा विद्यालयको लापरवाही, हजार विद्यार्थी परीक्षाबाट बञ्चित

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम वेवास्ता गरेपछि कक्षा ८ का विद्यार्थी यसवर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् ।

काठमाडौं महानगरपालिकाले गत वर्षदेखि उक्त परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम बनाएको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

तर २० वटा संस्थागत विद्यालयले त्यसमा अटेरी गरेकाले करिब एक हजार विद्यार्थी परीक्षा दिन नपाउने भएका हुन् । जबकि कामपा शिक्षा विभागले परिपत्र गर्दै गत माघमा फारम भर्ने समय तोकेको थियो । त्यसपछि पनि पटक पटक निर्देशन दिएको थियो । विभागले यही फागुन ७ देखि १२ गतेसम्म पुनः म्याद दिएको थियो ।

कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले फारम नभर्ने विद्यालयमाथि कारबाही हुने चेतावनी दिनुभयो । सम्भवत् विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने प्रधानाध्यपकमाथि कारबाही हुने उहाँले संकेत गर्नुभयो ।

शिक्षा विभागका अनुसार हिमालय ह्वाइट हाउस स्कुल, सन्जय साइ विद्यालय, शताब्दी स्कुल, ,सगरमाथा विद्या मन्दिर, नेसनल मोडेल स्कुल, सन्जिवनी वैकल्पिक विद्यालय,आराधना एकेडेमी, पास्कल इन्टरनेसनल एकेडेमी, मदन भण्डारी मेमोरियल स्कुल, नव मन्जुश्री लगायतले फारम नभरेका हुन् । कामपाभित्र ९१ सामुदायिक र ६ सय ४० निजी विद्यालय छन् ।

कक्षा ८ को परीक्षा आगामी चैत ३ गतेदेखि सञ्चालन हुँदैछ । परीक्षाका लागि कामपाभित्रका ११ स्रोत केन्द्रका ती विद्यालयबाट १८ हजार ९६ विद्यार्थीको आवेदन फाराम भरिएको छ ।

विभागले केन्द्र तोक्दा मनोवैज्ञानिक असर पर्ने भएकोले कामपाले कक्षा ८ को परीक्षा आफ्नै विद्यालयमा दिन पाउने व्यवस्था गरेको छ ।