नयाँदिल्ली, २६ माघ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विधानसभाको चुनावपछि आम आदमी पार्टीले सरकार बनाउने तयारी सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सत्तारुढ दल भारतीय जनता पार्टी र विपक्षी दल कांग्रेसलाई पछि पार्दै चुनावमा निरन्तर जितको नजिक पुगेको आम आदमी पार्टीले सरकार बनाउने तयारी सुरु गरेको हो ।
चुनावको मतपरिणाम भोलि मंगलबार सार्वजनिक हुँदैछ । तर विभिन्न सर्वेक्षणले आम आद्मी पार्टी बहुमतले विजयी हुने आँकलन गरेका छन् । सोही विश्वासका कारण आम आद्मीका शिर्ष नेता अरविन्द केजरीवालले दिल्लीमा सरकार बनाउन तयारी सुरु गरेका हुन् ।
राजभवनमा होइन्, मैदानमा सपथग्रहण
केजरीवालले यस्तो पनि तयारी गर्दैछन्, उनी मुख्यमन्त्रीको शपथ राजभवन होइन्, रामलीला मैदानमा लिनेछन् । उनले आमजनताको प्रतिनिधी भएकाले जनताकै सामने शपथ लिने घोषणा गरेका हुन् । जसका लागि रामलिला मैदान उपयुक्त ठानिएको छ ।
यस्तो पनि भयो
शनिवार अरविन्द केजरीवालको घरमा उनलाई दिल्लीको पञ्जाबीबागबाट एक परिवारले आफ्नो छोराको विहेका लागि निम्ता दिन गएका थिए । तर उल्टै केजरीवालले त्यो परिवारलाई १५ फ्ररवरीमा रामलीला मैदान आउन आग्रह गरे ।
अरविन्द केजरीवालले दिल्ली चुनावमा बहुमत ल्याए रामलिला मैदानमा शपथ लिनेछन् । अहिलेसम्मको नतिजाअनुसार केजरीवालको पार्टी फराकिलो मतअन्तरमा अगाडि छ ।
दिल्लीमा फेरि केजरीवालको उदयले केही समय अघि मात्रै प्रधानमन्त्री बनेका नरेन्द्र मोदीलाई चुनौती थपिएको छ ।
















प्रतिक्रिया