
-मिना बुढाथोकी
सल्यान, २६ फागुन । कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगितामा पश्चिम रूकुमले प्रथम स्थान हासिल गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आयोजना भएकोे छनौट प्रतियोगितामा रुकुम पश्चिमले पुरुष भलिबलमा सुर्खेतलाइ ३–० को सोझो सेटमा पराजित गर्दै जित हात पारेको हो ।
प्रतियोगितामा सुर्खेत द्वितिय र सल्यान तृतिय बनेका छन् । पहिलो चरणमा पश्चिम रूकुमलाई हराएको सल्यानले फाइनलमा सुर्खेतसँग हारेपछि तृतिय स्थानमा चित्त बुझाउनु परेको हो ।
त्यस्तै, बुद्धिचालमा पुरुषतर्फ सुर्खेतका राजेन्द्र गौतम प्रथम भएका छन् । हुम्लाका गगन बहादुर शाही द्वितिय, दैलेखका निरक बहादुर रावल तृतिय र हुम्लाका डबले रावत चौथो भए ।
महिला बुद्धिचालमा दैलेखकी नम्रता कुमारी न्यौपाने प्रथम भएकी छन् । दैलेखकै लक्ष्मी कार्की द्वितिय र हेमा खड्का तृतिय भएकी छन् ।टेबलटेनिस प्रतियोगितामा पुरुष तर्फ सल्यानका स्माइल बुढाथोकी प्रथम, सुरेन्द्र सेजुवाल (सल्यान) दोस्रो, कृष्ण खड्का (सुर्खेत) तेस्रो, विश्व बिक्रम शाह(जाजरकोट) चौथो र दिपेश राना (सल्यान) पाँचौ भएका छन् ।
टेबलटेनिमा महिलातर्फ सल्यानकी सुसिला विक प्रथम, सावित्रा बस्नेत (सल्यान) दोस्रो, इसीमा गुरु (सुर्खेत) तृतिय, सुरुदेवी रोकाय (हुम्ला) चौथो, सर्मिला रावत (हुम्ला) पाँचौ भएका छन् ।















प्रतिक्रिया