४ कार्तिक २०८३, बुधबार

पारा क्रिकेट टोली भारत प्रस्थान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतसँग तीनवटा टी–२० क्रिकेट शृङ्खला खेल्न नेपाली पारा स्ट्याण्डिङ पुरुष क्रिकेट टोली आज भारतको आग्रा प्रस्थान गरेको छ ।

भारत प्रस्थान गर्ने खेलाडीमा रामप्रसाद खरेल ९कप्तान०, हेमबहादुर गुरुङ, प्रदीप रिजाल, सुमन बराल, ईन्द्रसिंह डिसी, राम कुँवर, राम मगर, मनोज थापा, छवि धोवी, लक्ष्मीप्रसाद अधिकारी, सोभितकुमार हल्वाइ, रुपक वाइबा, सुकलाल मियाँ, मीनप्रसाद ढकाल र ललनकुमार बराही छन् ।

ह्विलचेयर क्रिकेट सङ्घ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिङ शेर्पाको नेतृत्वमा जाने टोलीको फिजियोमा अञ्जना श्रेष्ठ तथा व्यवस्थापकमा राजेश शाह र शरद पौड्याल छन् । नेपालले यही फागुन ३०, चैत १ र २ गते भारतको पारा राष्ट्रिय स्ट्याण्डिङ टोलीसँग प्रतिस्पर्धा गर्ने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार बिदाई गर्नुभएको थियो । – रासस