४ कार्तिक २०८३, बुधबार

रौतहटमा ओली–प्रचण्डले सम्बोधन गर्ने, कार्यकर्ताले गरे भव्य तयारी

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २५ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ कमिटीको आयोजनामा शनिवार रौतहटको गरुडामा हुने आमसभामा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् ।

जेठ ३ गते एमाले र माओवादी केन्द्र बीच एकतापछि यो सभा पहिलो पटक हुन लागेको हो ।

जनसभाको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार साँझ नेकपाका २ नं प्रदेश अध्यक्ष प्रभु साहले जानकारी दिए ।

प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। कार्यक्रम स्थलमा तायारीका लागि काठमाडौबाट सुरक्षाकर्मीको टोली रौतहट आइपुगेको छ। टोलीको निगरानीमा मञ्च निर्माण भइरहेको छ।

सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिएका छन् ।

दुई नम्बर प्रदेशको गढ बनाउने भन्दै प्रदेश अध्यक्ष साहले विकासमा पछि परेको प्रदेशलाई प्राथमिकता सरकारले राखेको बताए ।