वीरगन्ज, २६ माघ । भनिन्छ बुहारीका लागि सासू भनेको आमा नै हुन् । तर यहाँ एक सासूले आफ्नै छोरी अर्थात बुहारीको घाँटी रेटेर हत्या गरेकी छिन् ।
प्रहरीका अनुसार छोरा किशोर रामकी श्रीमती सुमनदेवीको मतीदेवीले गत शुक्रबार घाँटी रेटेर हत्या गरेको दाबी गरिएको हो । घरायसी विवादमा हत्या गरिएको प्रहरीको अनुमान छ । छोरा किशोर राम वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका बेला उनले बुहारीको हत्या गरेकी हुन् ।
बुहारीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय पोखरियाले पर्साको सबैठवाबाट सासूलाई पक्राउ गरेको छ ।
सो गाविस–२ पोखरिया टोलकी मतीदेवी रामलाई उनकी बुहारी २५ वर्षीया सुमनदेवी रामको हत्या गरेको आरोपमा गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
प्रहरीका अनुसार छोरा किशोर रामकी श्रीमती सुमनदेवीको मतीदेवीले गत शुक्रबार घाँटी रेटेर हत्या गरेको दाबी गरिएको छ ।
सुमन देवीको शव नजिकैको उखुबारीमा फालेको अवस्थामा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बेस क्याम्प सबैठवाले गएराति बरामद गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक निशान थापाले जानकारी दिनुभयो ।
पक्राउ परेकी मतीदेवीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको र शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।















प्रतिक्रिया