
काठमाडौं, २४ फागुन । काठमाडौंको बसुन्धारास्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ । शुक्रबार राति आठ बजेतिर बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
विस्फोटपछि आगलागी भएको छ । आगलागीमा परी दुई जना घाइते भएका महानगरीय प्रहरी वृत्त महाराजगन्जका इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ।
विस्फोट विप्लव समूहले गराएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।















प्रतिक्रिया