२० कार्तिक २०८३, शुक्रबार

राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक चैत १ देखि

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक चैत्र १ गतेदखि काठमाडौँमा बस्ने भएको छ ।

राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ संगठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुखहरुको सहभागिता रहने विस्तारित बैठकमा पार्टीले घोषणा गरेको शान्तिपूर्ण जनसंघर्ष, देशको समसामयिक घटनाक्रमलगायतका विषयमा छलफल हुने र आन्दोलनको स्वरुप तय गरिने राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य शशि भण्डारीले जानकारी दिए ।

फागुन ७ गते प्रधानमन्त्रीलाई २२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएर फागुन मसान्तसम्मको बटमलाइन दिएको राप्रपा चैत्रको पहिलो साताबाट आन्दोलनमा उत्रिदैछ ।

हिन्दुराष्ट्रको पुनस्र्थापना, राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताको खारेजी, भारतसँग भएको १९५० को सन्धि र असमान सम्झौता पुनरावलोकन र खारेजीको मुद्दासहित राप्रपा संघर्षमा जान लागेको भण्डारीले बताए ।

उनका अनुसार बैठकबाट केन्द्र, प्रदेश र जिल्लामा गरिने आन्दोलनको स्वरुप समेत तय गरिने बताइएको छ ।

यात्राको समापन काठमाडौमा

त्यस्तै, राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट शुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन आउँदो ३० गते भृकुटीमण्डपमा गर्ने भएको छ ।

समारोहलाई पार्टीका अध्यक्ष कमल थापा लगायत शिर्ष नेता र विभिन्न धार्मिक गुरु तथा धार्मिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको भण्डारीले जानकारी दिए ।

उनले राप्रपा समान विचारधारा भएका राजनैतिक पार्टी र संघसंस्थासँग सधैं एकताको पक्षमा रहेको जानकारी दिए ।

‘राप्रपा पार्टीको मुलभूत सिद्धान्तप्रति प्रतिबद्ध छ र यसलाई स्वीकार गर्ने सबै समूहसँग एकता वा कार्यगत सहकार्यको लागि सदैव तयार छ’, भण्डारीले भने ।