२० कार्तिक २०८३, शुक्रबार

गाँउमै मेलमिलापकर्ता उत्पादन

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हृदयकुमार भुसाल

अर्घाखाँची २३ फागुन । जिल्लाको पाणिनि गाँउपालिका दुर्गाफाँटमा मेलमिलापकर्ता सम्बन्धी ८ दिने तालिम सम्पन्न भएको छ । स्थानीय सरकारमा आउने मुद्दाहलाई समाधान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए । ‘स्थानीय स्तरमा भएका मुद्दा, झैझगडालाई मेलमिलापकर्ताको माध्यमबाट मिलाउन सजिलो हुने गछर्’ उनले भने, ‘यो तालिमबाट शिक्षा लिएकाले कुशल मेलमिलापकर्ताको भूमिका निर्वाह गर्नुहुन्छ भन्नेमा हामी आशावादी छौं ।’

तालिममा एक वडाका चार जनाका दरले पाणिनि गाँउपालिकामा रहेका ८ वटा वडाका ३२ जनाको सहभागिता रहेको थियो । उनीहरुले वडा तहबाटै ससाना मुद्दा र झैझगडा मिलाउन सक्ने भएका छन् । गाँउमा मिलाउन नसकेका मुद्दा मात्र गाउँपालिकाको न्यायीक समितिमा आउने गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताइन । ‘गाउँलााई शान्त र समुन्नत बनाउने हाम्रो लक्ष्य हो’ उनले भनिन, ‘अब सामान्य समस्या भएकाहरुले दुःख, झण्झट  व्यहोर्नु पर्दैन ।’

पाणिनि गाँउपालिकामा गत बर्ष १४ मुद्दा न्यायीक समितिमा दर्ता भएका थिए । जस मध्ये १२ ओटा मुद्दाहरु मेलमिलापको माध्यमबाट मिलाइएको थियो । २ वटा ठूला प्रकृतिका मुद्दालाई जिल्ला अदालत पठाइएको उपाध्यक्ष गौतमको भनाइ छ । यस बर्ष पनि १० मुद्दा मेलमिलापको माध्यमबाट मिलाइएको छ । २ मुद्दा अदालत पठाइएको छ ।

तालिमको समापन समारोहमा पाणिनि गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थी, सहजकर्ता भानुभक्त रिजाल, सहभागीको तर्फबाट इन्द्रमणि घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम रामकुमार भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।