४ कार्तिक २०८३, बुधबार

मन्त्री रवीन्द्र अधिकारीका अंगरक्षकले बोकेको पेस्तोल भेटियो

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृतक पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पोस्तोल भेटिएको छ ।

सेनाले हालसम्म लगातार पेस्तोल खोजिरहेको थियो । उक्त पेस्तोल जलेको अवस्थामा हेलिकप्टरको जलेको अवशेष मुनी भेटिएको सैनिक स्रोतले जनाएको छ ।

घटनास्थलबाट १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला परेको छ । खोजी कार्य गरेको टोलीले हेलिकप्टर दुर्घटनाका समयमा घिमिरेले बोकेको पोस्तोल पड्किएको पनि निष्कर्ष निकालेको छ ।

गत १५ गते ताप्लेजुङमा एयर डाइनेस्टी हेली सर्भिसको हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।