९ कार्तिक २०८३, सोमबार

‘बाघ जति बुढो भए पनि बाघ नै हो, स्याल जति मोटाए पनि बाघ बन्न सक्दैन’- भट्टराई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattrrai

– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २५ माघ । एकीकृत नेकपा (माओवादी) नेता डा. बाबुराम भट्टराईले नेपाली काँग्रेस, एमाले लगायत सत्ता साझेदार दलले नेपाल अधिराज्यको संविधान २०४७ लाई नै दोहोर्‍याउने खेलमा लागेको बताएका छन् । उनले पुरानो संविधानमा नयाँ गाता र नयाँ खोल हालेर संविधान जारी गर्न खोजेको आरोप लगाए ।

उनले एकीकृत माओवादीलाई बाघको संज्ञा दिँदै उनले भने–‘बाघ जति बुढो भए पनि बाघ नै हो, स्याल जति मोटाए पनि बाघ बन्न सक्दैन ।’ एकीकृत माओेवादीले संविधानसभा नछोडेको स्पष्ट पार्दै उनले संविधानसभामा जनताको अधिकार खोस्ने प्रयास गरिए कडा संघर्ष गर्ने चेतावनी दिए । माघ ११ पछि संविधानसभा संविधान निर्माणको ट्रयाकभन्दा बाहिर गएको बताउँदै उनले ट्रयाकमा ल्याउन आग्रह गरे ।

समसामयिक विषयमा आइतबार नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले जनयुद्ध, जनआन्दोलन २०६२/०६३, मधेस, थरुहट, दलित, जनजाति आन्दोलनको भावना विपरित नेपाली काँग्रेस र एमालेले गतिविधी गरेका कारण एमाओवादी मोर्चा सडकमा उत्रिएको बताए ।

नेपालको अन्तरिम संविधान र १२ वुँदे सहमति, विस्तृत शान्ति सम्झौताको अवमूल्यन गर्दै काँग्रेस–एमालेले अगाडी बढे आफूहरुलाई स्वीकार्य नहुने उनले जिकिर गरे । २०४७ सालकै संविधान ब्यूताउने खोजे जनताले अस्वीकार गर्ने जिकिर गर्दै उनले भने–‘नेपाल अधिराज्यको संविधान २०४७ का केहि धारा फेरबदल गरेर नयाँ बनाउन खोजिदै छ’–उनले भने–‘पुरानै संविधानमा धार लगाएर चम्काउन खोजिए प्रचण्ड र बाबुरामले स्वीकर गरे पनि जनताले मान्नेवाला छैनन् ।’

संविधानसभाबाट मात्र संविधान बन्न सक्ने स्पष्ट पार्दै भट्टराईले गणितिय अंकको आधारमा विश्वका कुनै देशमा संविधान नबनेको जिकिर गरे । उनले भने–‘बहुमतको आधारमा विश्वका कुनै देशमा पनि संविधान बनेको छैन । बहुमतको आधारमा अल्पमतलाई पाखा लगाएर बनेको संविधान दिर्घकालिन हुन सक्दैन ।’

राजनीतिक दलहरुले २००७ साल ताका बुद्धि पुर्‍याउन नसक्दा राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको घाँटी निमोठेको बाउँदै उनले अहिले पनि राजनीतिक दलहरुले बुद्धि पु¥याउन नसके छोटो समयमै लोकतान्त्रिक गणतन्त्रको देहवसान हुने दावी गरे ।

उनले भने–‘२०४६ सालको जनआन्दोलनपछि संविधानसभामार्फत संविधान बनाउन छाडेर राजा गुहारेका दलहरुले फेरी राजा गुहार्न खोजेकाले जनतालाई सत्य तथ्य जानकारी दिन एकीकृत माओवादी देशब्यापी जागरण अभियान थालेको जानकारी दिए ।

सवै विषयमा सहमति हुनुपर्ने अडानमा आफ्नो दल नरहेको खुलासा गर्दै १२ वुँदे सहमति र शान्ति प्रक्रियामा सहकार्य गरेका दलहरु वीच मात्र सहमति हुनुपर्ने उनको भनाई थियो । ‘हामीले कमल थापा र चित्र वहादुर केसीहरु वीच पनि सहमति हुनुपर्छ भनेका छैनौं’–उनले भने ।

‘सत्ताधारी दलले बहुमतको र विपक्षी दलले आन्दोलनको दम्भ छोडेमात्र सम्बादको बाटो खुल्ने भट्टराइएको भनाई थियो । उनले भने–एकीकृत माओवादी, मधेसबादी दल सत्ता साझेदार दलले बहुमतिय प्रक्रियाबाट संविधान निर्माणका लागि प्रश्नावली निर्माण समिति बनाएर विपक्षि दललाई पाखा लगाउन खोजिएकोले आन्दोलनमा उत्रीन बाध्य भएका हौं ।’

सहमतिका आधारमा संविधान बनाउने सुनिश्चित गरिए आफूहरु आन्दोलन रोकेर तत्काल वार्तामा बस्न तयार रहेको भट्टराइएको भनाई थियो । उद्योगी, व्यापारी, बुद्धिजीवि, अधिकारकर्मी र पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा डा. भट्राईले सत्तापक्षीय दलले आफूहरुलाई चिढ्याउने काम गरिरहेको गुनासो गरे ।

एकल जातीय पहिचान चाहेको भनेर आफूहरुलाई लागिरहेको आरोप निराधार भएको भन्दै संवैधानिक, राजनीतिक सम्वाद तथा सहमति समितिका संयोजक समेत रहेका भट्टराईले काँग्रेस, एमाले बहुपहिचानमा सहमत भए सहमति गर्न आफ्नो पार्टी तयार रहेको बताए ।

बाँकेको चिसापानीमा हुने एकीकृत माओवादी मध्यपश्चिम क्षेत्रका १५ वढी जिल्लाका नेता कार्यकर्ता सम्मिलित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका डा. भट्राईले नेपालगन्जमा आयोजित कार्यक्रममा भने–‘आन्दोलन रहर होइन, बाध्यता हो ।’