पाँचथर, २५ माघ । लामो सयमदेखि बहुविवाह गरी फरार रहेका अभियुक्तलाई पाँचथर प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले बहुविवाह मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो ।
जिल्ला अदालतबाट वहुविवाह मुद्दामा दोषी ठहर गरेपछि फरार भएका पाँचथर भारपा–९ का ३७ वर्षिय बुद्धराज योक्पाङ्देन र उनकै कान्छी श्रीमती सञ्जु तामाङ योक्पाङ्देनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक दीपक पोख्रेलका अनुसार लामो समयदेखी फरार अभियुक्तहरुलाई खोजतलासका क्रममा गाउबाटै पक्राउ गरिएको हो । दोस्रो विवाह गरेका योक्पाङ्देन विरुद्ध बहुविवाहमा जेठी श्रीमतीले मुद्दा दायर गरेकी थिईन् ।
उनीहरुलाई दोषी ठहर गर्दै जिल्ला अदालतले एक/एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका दुवैलाई कारागार लगिएको छ ।















प्रतिक्रिया