
काठमाडौं, २२ फागुन । इलेक्ट्रोनिक्श सम्बन्धी ठूलो व्यापारिक सञ्जाल कायम गरेको डिआरएनले गिनिज बुकमा तेस्रो रेकर्डको तयारी गरेका दिनेश सुनारलाई ब्रान्ड एम्बेस्डर बनाएको छ ।
केही दिनमा तेस्रो रेकर्डको तयारी गरेका सुनारसँग सम्झौतापछि त्यसमा सहयोग पनि गर्ने भएको छ ।
पहिलोपटक ३६० डिग्री बडी रोटेशन वाल ब्याक फिप्टअन्तर्गत गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका सुनारले यसअघिको एक मिनेटमा १५ चोटिको ब्याक फिप्टलाई तोड्दै दोस्रो पटक ३० सेकेन्डमा १६ पटकको विश्व रेकर्डसमेत बनाएका छन् ।
जिम्न्यास्टिक जस्तै विभिन्न विधामा उल्टिने, उफ्रिनेलगायतका कलालाई पार्कर भनिन्छ । पार्कर खेल शरीरलाई जोखिममा राखेर गरिने खेल हो ।
‘मल्टिपल गिनिज वल्र्ड रेकर्ड’ राख्न सफल सुनारले विभिन्न चलचित्रमा काम गरिसकेको छन् । सुनार सशस्त्र प्रहरी बलका जवान हुन् ।















प्रतिक्रिया